युनाइटेड इदी मार्दीको आईपीओ बाँडफाँट, तपाइलाई पर्यो कि परेन हेर्नु भयो ? यहाँबाट हेर्नुस

युनाइटेड इदी मार्दी एण्ड आरवि हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । आवेदकहरुले ८१ हजार २७३ जनाले १० कित्ता शेयर पाएका छन् । कम्पनीको आईपीओमा कुल ५ लाख ४१ हजार २६३ जनाले आवेदन दिएका थिए ।

कुल आवेदकमध्ये ४ लाख ५९ हजार ९८९ जनाको हात खाली भएको छ भने ८८३ जना आवेदकको आवेदन रद्ध भएको क्यापिटलले जानकारी दिएको छ । कम्पनीले मंसिर ३ गतेदेखि ८ लाख ७३ हजार ९१ हजार कित्ता आईपीओ मंसिर ७ गतेसम्म निष्कासन गरेको थियो ।

जसमध्ये ४३ हजार ६९६ कित्ता म्युचुअल फण्डको लागि र १७ हजार ४७८ कित्ता सर्वसाधारणको लागि बाँडफाँट गरेको थियोे बाँकी रहेको ८ लाख १२ हजार ७३६ कित्ता सर्वसाधारणको लागि विक्री खुला गरेको हो ।

यस शेयरमा सर्वसाधारणलाई माग गरिएको भन्दा ११ दशमलव ६८ गुणा बढी आवेदन परेको थियो । कम्पनीले निष्कासन गरेको शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

यहाँबाट हेर्नुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments