म्याराडोनाको नाममा रंगशाला,

बुधबार हृदयघातका कारण ६० वर्षको उमेरमा निधन भएका म्याराडोनाको नाममा इटलीको नेपल्स शहरस्थित स्टेडियो सान पाओलो रंगशालालाई नामाकरण गरिने नेपल्सका मेयर लुईगी डि मागीस्ट्रिजले जनाएका छन् ।

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप जितेको थियो भने १९९० को विश्वकपमा फाइनलसम्मको यात्रा गरेको थियो ।

म्याराडोनाले १९८४ देखि १९९१ सम्म नापोली क्लबबाट खेलेका थिए । दुईपटक नापोलीलाई लिग उपाधि जितका थिए । त्यसैले नापोलीमा म्याराडोना समर्थकमाझ निकै लोकप्रिय छन् । कतिपयले घरमा जिसस क्राइस्टको फोटोसँगै म्याराडोनाको तस्विर पनि राख्ने गरेका छन् । फुटबल नेपल्सको धर्म हो र म्याराडोना यहाँ भगवान्, समर्थकहरुले भन्ने गरेका छन् । हामी स्टेडियो सान पाओलो डिएगो अर्मान्डो म्याराडोनाको सम्मानमा नामाकरण गर्नेछौं, मेयर मागीस्ट्रिजले ट्वीटमा लेखेका छन्,उनी सर्वकालिन महान् फुटबलर हुन् । उनले हाम्रा मानिसलाई सपना देखाए । उनले आफ्नो प्रतिभा यहाँ देखाए ।

नेपल्सले २०१७ मा म्याराडोनालाई मानार्थ नागरिकता दिएको थियो । नेपोलिटन र अर्जेन्टिनी तिमीले हामीलाई खुसी दियौं । नेपल्सले तिमीलाई माया गर्छ, मागीस्ट्रिजले लेखेका छन् ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments