जलविद्युत कम्पनीको १४ प्रतिशत बोनस शेयर पारित, कहिले पाउला लगानीकर्ताले ?

अपि पावर कम्पनीले दुई ओटा आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले भर्चअल माध्यमबाट मंसिर ८ गते आव २०७५/ ७६ को र २०७६/ ७७ को साधारण सभा समपन्न गरेको हो ।

सभाले दुई ओटा आर्थिक वर्ष १४ प्रतिशत बोनस शेयर (२०७५/ ७६ को ५ प्रतिशत बोनस शेयर र २०७६/ ७७ को ९ प्रतिशत) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै उक्त साधारण सभाले पाँच जना सञ्चालक आगामी चार वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको छ ।

सभाले सञ्चालकमा सतिश न्यौपाने, संजिव न्यौपाने, इन्द्रमणि त्रिताल, द्धारिक प्रसाद न्यौपाने र सृजना खड्कालाई निर्वाचित गरेको हो । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सतिश न्यौपानेलाई कम्पनीको अध्यक्ष पदमा मनोनयन गरेको सूचनामार्फत जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments