एम एस गोपाल आचार्यको शब्द र संगित आशुसेन लामाको ‘फेसबुकमा कुरा’ सार्वजनिक,

नेपाली साहित्य तथा गित संगितमा वाल्यकाल देखिनै अत्यन्त रूचि राख्नुहुने फेसबुकमा कुरा गितका रचनाकार निर्माता श्री गोपाल आचार्यको जन्मथलो भुटान कर्म थलो नेपाल भारत र अमेरिका रहेको छ ।

संघर्समय जिवन यापन गर्दै उंहाले नेपालमा रहदा भुटानी शरणार्थी शिविरबाट एस.एल.सी. मा प्रथम श्रेणिमा उतिर्ण गर्नु भएको थियो । त्यस पछि आचार्यले भारतको दार्जलिङ बाट पनि उच्च शिक्षा हासिल गर्नु भएको थियो । दार्जलिङ रहदा उहाले बिभिन्न पत्र पत्रिकामा आफ्ना रचनाहरू प्रकासित गरिसक्नु भएको छ । बिगत १२ बर्ष देखि अमेरिकाको परिसद बाट बोस्टनमा बसोवास गर्ने पुन विज्ञानमा स्नातक गरि त्यसपछि मानसिक स्वास्थ्य विज्ञानमा स्नाकोत्तर ( MS ) सम्मकै शिक्षा हासिल गर्नु भएको छ ।

उँहा अमेरिकाकै पहिलो नेपाली भाषि भुटानी अमेरिकि मानसिक स्वास्थ्य थेरापिस्ट हुनुहुन्छ ।यस अघि पनि आचार्यले समाज सेवामा आफ्नो सम्पुर्ण अमेरिकी बसाईलाई प्रयोग गर्नुभएको छ । उहाले मानसिक स्वास्थ्य विभागमा बिषेश गरेर नेपाली भाषि भुटानी अमेरिकी तथा नेपाली आप्रावासिलाई विगत १२ बर्ष देखि ठुलो योगदान पुराउनु भएको छ ।

उहां भन्नुहुन्छ हामी संसारको जुनै ठाँउमा रहेपनि नेपालीपन जिवित नै रहेको हुन्छ । अझ थप्नु हुन्छ म नेपालमा रहदा नजिको मन्दिर हेला हुन्छ भन्थ्यो नेपाली पनको गहिराहिमा तेति डुबेको थिईन जति अहिले विदेश बसाईमा हुन्छ । उहाले अंग्रेजी साहित्यमा पनि लेखहरू पनि प्रकासित गर्दै आउनु भएको छ । उहा भन्नु हुन्छ आफ्नो कार्य क्षेत्रमा पनि आफ्ना सेवा ग्राहि ( विरामीलाई ) संगित Prescribe गर्नुहुन्छ । आचार्यको बुवा राम आचार्य आमा दमन्ता आचार्य र दाई नेत्र आचार्य हुनुहुन्छ र उहाहरूलाई पनि उत्तिकै जिम्मेवारि बहन गर्दै आफ्नो समाजसेवामा निरन्तर्ता दिईरहनुभएको छ ।

विश्वमाहामारिको चपेटामा दु:खित हुनुभएका मेरा भगवान श्रोताहरूमा यो गित मार्फत थोरै भयपनि खुशी दिने प्रयत्न गरेको छु यस गितमा गायक तथा संगितकार अशुसेन लामाको रहेको छ र टिम कार्टुन का साथमा बुगिबुगि च्यामपियन कबिता नेपालीले साथ दिएकी छिन । यो भिडियोको सम्पुर्ण युट्युब बाट आएको आम्दानि संगित क्षेत्रको च्यारिटिमा खर्च गरिने जानकारि दिनुभएको छ । अन्त्यमा आचार्य भन्नुहुन्छ गित संगितविना म अधुरो छु त्यसैले आफ्नो लेखनकार्य अझै अगाडि बढाउदै लैजाने सोचमा छु । बिषेश धन्यवाद राजेन गिरि सर र भुवन आचार्य लाई दिन चाहन्छु । जय गित जय संगित ।

‘फेसबुकमा कुरा’ हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments