हिंड्ने बाटोमा “गुह” हगेछ! लौन कोदालो ल्याउ यो “गुह” हामी सबै मिलेर फालौं,

हिंड्ने बाटोमा “गुह” हगेछ ! लौ न कोदालो ल्याउ यो “गुह” हामी सबै मिलेर फालौं भनेको त एउटाले प्याच्च भन्न आए यो “गुह” रामेले हगेको होला हिजो हाम्रो घराँ काँक्रो खाएर गएको थियो यी काँक्राको बियाँ नै रहेछ ! अर्को आएर भन्यो छ्या…छ्या… हिजो मुर्दारले सिस्नु खाएछ गुह.. नै कस्तो हरियो हगेछ ! फ़ेरि अर्को आएर भन्यो “गुह” हटाउने मात्रै भनेर कहाँ हुन्छ यो “गुह” कसले हगेको रहेछ भनेर छानबिन हुनु पर्दैन ?

म चाहिँ घरीघरी ए बाबा……हिजो अँध्यारोमा जसले हगे पनि हग्यो आज उज्यालोमा आएपछि “गुह” त गुह नै हो गन्हाएको छ पहिला यो सोरेर फालौन हामी सबै मिलेर ! भनेको त उल्टै मलाई एह………… तँ त “गुह” हग्नेको सपोर्टमा पो बोल्दै छस ? त्यो हग्ने लाई बचाउ गर्दै छस रे ! त्यो “गुह” हग्नेले कसरी हग्यो ! के खाएर हग्यो ! किन हग्यो ! त्यो हग्दा खेरि कटु लगाएको थियो की धोती लगाएर हगेको थियो भन्ने कुरा नबुझी त्यसै फाल्दा हुन्छ र ? भन्दै पाखुरा सुर्क्यो !

मैले फ़ेरि सबैलाई भनें ए…… साथीहरू यो “गुह” हो की होइन ? सबैले उत्तर दियो – हो हो ! त्यसो भए यो “गुह” फाल्नु पर्छ की पर्दैन ? सबैले उत्तर दिए- पर्छ पर्छ !! त्यसो भए हातमा कोदालो बोकेर आएर सोरौं न त भनेको त्यसरी कहाँ हुन्छ ? हिजो राती हग्दा हग्नेको सिद्धान्त के थियो ? कुन उद्देश्यले हग्यो ? त्यो हग्नेको कुन जातको हो ? त्यो हग्ने पुरुष-महिला कुन थियो ? भनेर गम्भीर समिक्षा नगरीकन फाल्ने ? भन्न थाले !!

मैले भनें “गुह” त आखिर “गुह” नै हो भन्नेमा सबै सहमत भएपछि फाल्न त कोदालो लिएर फाल्ने हो फाल्ने बेलामा चाहिँ गम्भीर छलफल हुनुपर्छ गम्भीर समिक्षा हुनुपर्छ गम्भीर रूपमा केलाउन पर्छ भन्दै “गुह” लाई जहाँको तहिँ राख्दै बखेडा झिकेर बस्ने किन ? किनभने यिनिहरुलाई “गुह” चाहिन्छ “गुह” को खाँचो छ ताकि भविस्य सम्म त्यो “गुह” देखाएर पाखुरा सुर्किदै झगडा पार्नु छ एकापसमा। जसलाई साँच्चिकै “गुह” को गन्धाले पीडित भएको छ, तिनलाई पीडित नै बनाई राख्ने हो “गुह” लाई एजेन्डा बनाएर विवादमा पार्दै भन्ने भेद कुरा पीडितहरुले कहिले बुझ्ने ?
कुरो यति ………… लासो !!

-मोहन लामा ( रुम्बा )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments