युवतीले कसैलाई मन पराउँदैछिन् भने व्यवहारमार्फत संकेत दिन्छिन्, जसमार्फत युवतीले मन पराएको कुरा जान्न सकिन्छ,

युवतीले यदी कसैलाई मन पराउँदैछिन् भने उनी आफ्नो हाउभाउ र व्यवहारमार्फत यसको संकेत दिन्छिन् । उनले त्यस्ता केही संकेत दिन्छिन्, जसबाट थाहा हुन्छन् कि उनले तपाईंलाई मन पराइरहेकी छिन् । केही त्यस्ता संकेत अवश्य छन्, जसमार्फत तपाईले आफुलाई युवतीले मन पराएको कुरा जान्न सक्नुहुन्छ ।

नजिक आउनु : यदि कोही युवती कुराकानीका क्रममा युवकको नजिक आउँछिन् भने यसको मतलब उनी ती युवकलाई मन पराउँछिन् भन्ने हो ।

कपाल मिलाउनु : यदि युवतीले पटक–पटक आफ्नो हात कपालमा पुर्याउँछिन् । तपाईंलाई देखेपछि कपाल मिलाउँछिन् वा हातले लट्टा चलाउँछिन् भने पक्कै पनि उनलाई तपाई आकर्षक लागेको हुनुपर्छ । उनी तपाईसँग कुराकानी गर्न आतुर छिन् ।

सम्झनुस् आँखाको भाषा : जब महिलाहरुले कसैलाई जिस्क्याउँछन्, तब उनीहरुको आँखाले पनि धेरै कुरा बोलिरहेको हुन्छ । यदि कुरा गर्दा गर्दै केही समय नजर मिलाएपछि उनले आफ्नो आँखा झुकाउँछिन् भने तपाईका लागि उनको मनमा केही खास छ भन्ने सम्झनुस् ।

लुक्दैन मुस्कान : जब युवतीले कसैलाई मन पराउँछन् वा जिस्कन्छन् तब ती व्यक्तिसामु पुग्दा उनको मुस्कान लुक्न सक्दैन । हरेक पटक तपाईंको अगाडि आउँदा उनको अनुहारमा आउने मुस्कानले नै सबैकुरा भन्छ ।

कपडा मिलाउनु : यदी कोही युवतीले कसैलाई मन पराउँछन् भने उनलाई इम्प्रेस गर्न कुनै मौका गुमाउन चाहँदैनन् । यदि तपाईंसामु आउँदा उनले आफ्नो कपडा मिलाएजस्तो गर्छिन् भने संझनुस् उनले तपाईलाई मन पराउँछिन् ।

कुराले रिझाउने : जो महिला केटासँग जिस्कने काममा पोख्त हुन्छन्, उनीहरुले आफ्नो आवाजको पनि राम्रो प्रयोग गर्छन् । उनीहरुले आफ्नो आवाजलाई आकर्षक बनाउँछन् । जसकारण, युवक पनि आकर्षित होस् ।

स्पर्शको महसुस : यदि कुनै जानेरै युवतीले तपाईंको हात वा काँधमा हात राख्छिन् भने यो सिधा संकेत हो कि उनले तपाईंलाई मन पराउँछिन् ।

-एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments