मानसिक स्थितीलाई सही राख्न मुस्कान आवश्यक, तर हरेक मुस्कान सच्चा हुँदैन,

मानसिक स्थितीलाई सही राख्न मुस्कानले थेरापीको काम गर्छ।

कस्तो मुस्कान:

यसमा घतलाग्दो जवाफ छ । मुस्कानको श्रोत हृदय हो । हृदयबाट उठ्ने उमंगको लहर ओंठ हुँदै आँखा र समग्र अनुहारमा पोतिनुपर्छ । यसले अनुहारमा बेग्लै आभा पैदा गर्छ ।

प्रायजसो मुस्कान सच्चा र मनदेखि नै आँउछ । मुस्कुराहटको हाम्रो विचार र भावनाहरुसँग गहिरो सम्बन्ध हुन्छ । अरुको राम्रो गुणमा ध्यान दिएर हेर्ने हो भने हामीलाई मुस्कुराउन कुनै समस्या हुँदैन ।

सँधै मुस्कुराउन भन्दा पहिले सहज हुने कोसिस गर्नुहोस् होइन भने मुस्कान नक्कली देखिन्छ । जब मुस्कान मनदेखि नै निस्कन्छ त्यखिखेर आँखामा चमक हुन्छ र अरुलाई यो बुझ्न बेर लाग्दैन कि यो मुस्कान सच्चा हो र मनदेखि कै हो ।

केही मानिसहरुको लागि मुस्कुराउनु सजिलो हुँदैन । उनीहरुलाई मुस्कुराउन आँउदैन भन्ने त हुँदैन तर उनीहरु गम्भिर माहौलमा हुर्केबढेका हुन्छन् र उनीहरुलाई सानैदेखि गम्भिर बन्न जोड दिइन्छ । यस्तोमा उनीहरु मनमा प्रेम हुँदाहुँदै पनि मुस्कुराएर कुरा गर्न पाँउदैनन् ।

यस बाहेक केही मानिसहरु लजालु स्वभावका हुन्छन् । यसैकारण मुस्कुराउनु उनीहरुको लागि सजिलो हुँदैन । फेरि मानिसहरुको स्वभाव पनि फरकफरक हुन्छ । कोही धेरै मुस्कुराउँछन् भने कोही कम । तर, एक सानो कोसिस त गर्न सकिन्छ ।

यदि तपाईं मुस्कुराएर कसैलाई बोलाउनु हुन्छ भने भने उनीहरु पनि तपाईंलाई कदर गर्नेछन् र आफू पनि मुस्कुराउँछन् । त्यतिखेर मुस्कुराउनु तपाईंको लागि सजिलो हुन्छ

भनिन्छ हरेक मुस्कान सच्चा हुँदैन र यो सत्य पनि हो । केही मुस्कान बनावटी र कुटिल पनि हुन्छन् ।

स्वार्थी, कपटी, धोकेबाज मानिसहरु लोभ्याउनको लागि राम्रो मुस्कान दिन सक्छन् तर, उनीहरुको मुस्कान खोक्रो हुन्छ ।

यसैले हरेक मुस्कानको अर्थ बुझ्नुहोस् र अगाडिको मानिस कसरी मुस्कुराइरहेको छ भन्ने बुझ्नुहोस् । कँही कसैको कुटिल मुस्कान तपाईंलाई अपमानित बनाउन, लज्जित बनाउन वा तपाईंको उपहास उडाउनको लागि त होइन ? यस्तो मुस्कानबाट सँधै सावधान रहनुहोस् ।

मुस्कानको विशेषता नै यो हो कि यसको माध्यमबाट तपाईं केही पनि नबोली आफ्नो मनको भावनाहरु अरुको अगाडि व्यक्त गर्न सक्नुहुन्छ ।

कसैको रिसाएको अनुहार देखेर तपाईंलाई पनि नराम्रो लाग्न सक्छ र निराशा छाँउछ । तर, कसैको मुस्कुराएको अनुहारले तपाईंलाई खुसी र ताजापन दिन्छ ।

यदि हामी अरुसँग कुरा गर्दा तनाव महसुस गरिरहेका छौं भने एक मुस्कानले तनाव टाढा गर्न सकिन्छ । मुस्कानको बलले हामी निराशा वा तनावको सामना सजिलै गर्न सक्छौं ।

यदि कोहीले तपाईंलाई मुस्कुराएरै कुनै सल्लाह वा केही सुझाव दिन्छन् भने तपाईं त्यसलाई खुसीखुसी मान्नुहुन्छ । तर, कसैले रिसाएर दिएको सल्लाहको असर विपरित हुन्छ । तनावपुर्ण माहौलमा मुस्कुराहटले धेरै भ्रमहरुलाई पनि टाढा बनाइदिन्छ ।

खुसी रहनको लागि तपाईं यस्ता मानिसको सम्पर्कमा रहनुहोस् जो हंसमुख होउन् । कसैसँग लडाई झगडा गर्नबाट बच्नुहोस् । सकरात्मक सोच राख्नुहोस् यसले तनाव टाढा भगाउँछ । आफ्नो परिवार वा मिल्ने साथीहरुसँग कँही घुम्न जानुहोस् । यसले आनन्द र उर्जावान महसुस हुन्छ ।

शरीरलाई पोषक तत्वको धेरै आवश्यकता हुन्छ । त्यसैले दिनमा १–२ पटक धेरै भोजन गर्नुको सट्टा ५–६ पटक थोरै थोरै खानुहोस् । खाना सँधै सन्तुलित र पौष्टिक खानुहोस् किनभने खुसी रहनको लागि खानुभन्दा राम्रो कुनै अरु उपाय छैन । यस बाहेक भरपुर निन्द्रा लिनुहोस् ।

-एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments