तयार हुनुस एफपीओ भर्न, लघुवित्तले ल्याउनेवाला छ एफपीओ

एनआरएन लघुवित्त वित्तीय संस्थाले एफपीओ(फर्दर पब्लिक इस्यु) निष्कासन गर्ने प्रस्ताव विशेष साधारण सभामा लैजाने भएको छ । उक्त कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी भदौ २० गते विशेष साधारण बोलाएको हो । सो सभाले पारित गरेपछि नियामक निकायको स्वीकृति पछि कम्पनीले एफपीओ विक्रीमा ल्याउने छ ।

कम्पनीले विशेष सभा कैलालीको धनगढीस्थित होटल साथीमा विहान ११ बजेबाट शुरु गर्दैछ । सभामा आगामी चार वर्षको लागि चार जना संस्थापक र दुई जना सर्वसाधारण शेयरधनीसमेत गरी छ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

सभामा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीको नाम र ठेगाना परिवर्तन गर्नका लागि नियमावली र प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि छ । सभामा कम्पनीको कर्पोरेट कार्यालय बुढानिलकण्ठ नगरपालिका–९, काठमाडौंमा स्थापना गर्ने प्रस्ताव रहेको छ ।

साविकको किसान र दिव्य लघुवित्त मर्ज अनुमोदन गर्ने एजेन्डा पनि छ । उक्त कम्पनीले यसअघि क्रिएटिभ लघुवित्त र रामारोशन लघुवित्तलाई आफूमा समाहित गरिसकेको छ । त्यसलगत्तै कम्पनीले अन्य स्थानमा केन्द्रीय कार्यालय रहेका किसान लघुवित्त र दिव्य लघुवित्त पनि गाभेर गत असार २९ गतेबाट एकीकृत कारोबार शुरु गरिसकेको छ । विभिन्न लघुवित्त कम्पनीलाई गाभेर एनआरएन लघुवित्तले सोही नामबाट एकीकृत कारोबार शुरु गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू.५२ करोड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments