नेशलन लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७५ /०७६ को लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले १५ प्रतिशत नगद लाभांश र २ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस शेयरमा लाग्ने कर रकमका लागि शून्य दशमलव १३ प्रतिशतका दरले रू. ४० लाख ५६ हजार ८८ नगद लाभांशबाट संमायोजन गरेको कम्पनीले बताएको छ ।
उक्त कम्पनीले साउन ३० गते बसेको सञ्चालक समितिको बैठकबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् ।