एम.एस. गोपाल आचार्य को शब्दमा गायक आशुसेन लामाको फेसबुकमा कुरा

मानसिक स्वास्थ्य विषयमा स्नातकोत्तर गर्नुभएका गोपाल आचार्य ज्यु को शब्द रचना तथा गायक एवं संगीतकार आशुसेन लामाको स्वर र संगीतमा अर्को नयाँ प्रस्तुति बजारमा आउने भएको छ । सामाजिक कार्यमा पनि  आफ्नो अमुल्य समय दिनुहुने आचार्य ज्यु अमेरिका बस्दै आउनुभएका छ । उहाँ विशेष गरि मानसिक स्वास्थ्य थेरापी सम्बन्धि पोख्त हुनुहुन्छ । 

उहाले भन्नुभयो विश्व अहिले कोभिड-१९ को आक्रान्त अवस्थामा रहेको बेला सबैमा सुरक्षित र सँयम भई सामाजिक दुरी कायम गर्नुहोला भन्दै आउदै गरेको साँगीतिक कोसेली हेरिदिनुहोला सुनिदिनुहोला  भनेर आग्रह पनि गर्नुभयो । 

 आचार्य ज्यु को शब्द रचना रहेको फेसबुकमा कुरा शीर्षकमा गीतको बोलको म्युजिक भिडियोमा ‘टिम कार्टुन क्रु’ को  अभिनय हेर्न पाउने बताउनुभएको छ । ‘ टीम कार्टुन क्रु’  विभाजन भए पनि विभिन्न गीत संगीतमा बेजोड कला टक्राउदै दर्शक माझा आफ्नो अस्तित्व कायम राखेकै छन् । यस अघि पनि गायक एवं संगीतकार आशुसेन लामाको विशेष सहयोग मा ‘सानी सानी ‘ गीतको म्युजिक भिडियो आईसकेको छ । 

संक्रमण अवस्थामा, राजनीतिक अस्थिरताका विच पनि सार्वजनिक हुदै गरेको फेसबुकमा कुरा गीतको म्युजिक भिडियो चाडै श्रोताहरु माझमा ल्याउने जमर्को गरिरहेका छौ भन्नु भयो एसियन स्टार आशुसेन लामाले । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै पोष्ट भएको

Recent Comments